You Are Here: Home » हाम्रो बारेमा

हाम्रो बारेमा

नेपालमा संबिधानसभाबाट नंया संबिधान बन्ने अवस्था अत्यन्त कम रहेको र नेपाली जनताले महान त्याग र तपस्या बाट प्राप्त गरेको गणतन्त्र र सङ्घियता धरापमा पर्ने मात्र होईन नेपाल नै असफल देशको रुपमा पुग्ने अवस्था देखिएको वर्तमान अवस्थामा सहिदको सपना र नेपाली जनताको नयाँ नेपाल बनाउने आकाङ्क्षामाथी बज्र प्रहार गरेका छन् पदलोलुप र बिदेशी परस्त नेपाली नेताहरुले। तर नेपाली सहिदहरुले देखाएको बाटोबाट हामी कत्तिपनी बिचलित हुनुहुंदैन र नेपाली जनताको नयाँ नेपाल बनाउने राजमार्गमा हामीले पनि सानो ईट्टा थप्ने प्रयास गरेका छौ। र हामी खबर्दारी गरिरह्न्छौ ती नेताहरुलाई र हामी जागरुक बनाइरहन्छौ स्वदेश तथा बिदेशमा बस्ने सम्पुर्ण नेपालीहरुलाई ।कोरियानेपालटाइम्सको तर्फबाट हाल नेपालमा तीन जना संचारकर्मी ,अमेरिका, अस्ट्रेलिया ,जर्मन ,मलेसिया ,कतार दुबई ,बेलायत ,भारत लगायत १४ देशमा सम्बादाता राखेर दक्षिण कोरियाबाट ब्यावसायिक पत्रकारिताको शुरुवात गरेका छौ।स्वदेश तथा बिदेशमा बस्ने सम्पुर्ण नेपालीहरुको समस्यालाई उजागर गर्दै दु:ख तथा पिडामा मलम लगाउने हरदम प्रयास गरिरहने प्रतिबद्दता व्यक्त गर्दछौ। र हामी कहिलै थाक्ने छैनौ नागरिकलाई सूचना दिन र कहिल्यै सम्झौता गर्दैनौ जनबिरोधी र देश् द्रोहीहरु सँग ।

निर्देशन तथा ब्यवस्थापन
रन्जन राज कुँवर

सम्पादक
अशोक प्रसाद मैनली

प्राबिधिक व्यबस्थापक
निमा शेर्पा

भाषा सम्योजन
छत्र कार्की

 

© 2012 Nepalkoreatimes

Scroll to top